१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विश्व कप फुटबल ः आज राती स्पेन र मोरक्को तथा पोर्चुगल र स्वीट्जरल्यान्ड भिड्दै

कतारमा जारी फिफा विश्वकप २०२२ अन्र्तगत आज नटआउट चरणका अन्तिम दुई खेलहरु हुँदैछ।  नेपाली सयम अनुसार राती पौने ९ बजे स्पेन र मोरक्कोबीच खेल हुनेछ। मोरोक्को समूह ‘एफ’ को विजेता तथा  स्पेन समूह ‘ईं’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन। मोरोक्को समूह चरणको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको थियो । त्यसैगरी क्यानडा र बेल्जियमलाई समान २–१ ले हराउँदै समूहमा विजेता बनेको हो ।  

त्यसैगरी स्पेनले समूह चरणको  पहिलो खेलमा कोस्टारिकालाई ७–० ले पराजित गर्दै राम्रो सुरुवात गरेको थियो। दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेलेको स्पेनले अन्तिम खेलमा जापानसँग २–१ पराजित भएको थियो । यसरी स्पेन समूहको उप विजेताको हैसियतका साथ अन्तिम १६ पुगेको हो ।

त्यसैगरी  आजै राती पौने १ बजे पोर्चुगल र स्वीट्जरल्यान्डबीचको खेल हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता तथा स्वीट्जरल्यान्ड समूह ‘जी’ उप बिजेता बनेर अन्तिम १६ मा पुगेका हुन ।

समूह चरणमा  पोर्चुगलले घानालाई ३–२ ले र उरुग्वेलाई २–० ले हराउँदा दक्षिण कोरियासँग २–१ ले पराजित भएको थियो। त्यसैगरी स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० र सर्वियालाई ३–२ ले पराजित गर्दा ब्राजिलसँग १–० ले हारेको थियो ।  

अहिलेसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया र ब्राजिलले अन्तिम ८ स्थान सुरक्षीत बनाइसकेका छन् ।

प्रकाशित: २० मंसिर २०७९ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App