५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

अदालतको फैसलाले कोहलपुर-सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो : मुख्यमन्त्री कँडेल

उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत प्रसारण लाइन विस्तारको बाटो खुलेको छ।

मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको निर्णयपछि हटेकाले लाइन विस्तार गर्न सहज भएको हो।

आयोजनाको काम छ महिनाभित्र पूरा गर्नेगरी काम अघि बढाइएको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाका प्रमुख रवि चौधरीले बताए। वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाको विवाद पनि समाधान भएको छ।

हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ। सत्तरी करोड लागतको उक्त आयोजनाअन्तर्गत धमाधम रूख कटान भइरहेको छ। हालसम्म पाँच हजार रूख काटिएका छन् भने अझै पाँच हजार पाँच सय रूख काट्नुपर्नेछ। आयोजना प्रमुख चौधरीका अनुसार एक सय ५६ फाउन्डेसन निर्माण गरिएको छ भने अब छवटा फाउन्डेसन निर्माण गरिने छन्। हालसम्म ४० किलोमिटर तार तानिएको छ। अब १२ किलोमिटर तार तान्न बाँकी छ। रासस

प्रकाशित: ३२ असार २०८२ १०:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App