३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

निर्वाचन आयोगकी पूर्व आयुक्त इला शर्माको निधन भएको छ। शनिबार साँझ हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

सामाजिक अभियन्ता एवं पूर्वसञ्चारकर्मी अमृता लम्सालका अनुसार हृदयाघातपछि उपचारका लागि नर्भिक अस्पताल लगिएकी उनको उपचारकै क्रममा निधन भएको हो।

शर्मा आयुक्त नियुक्त हुनुअघि लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय थिइन्। उनको अन्तिम संस्कार आइतबार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: २८ असार २०८२ २१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App