४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

सप्तकोशीमा बेपत्ता बालकको खोजी जारी

फाइल तस्बिर

सोमबारदेखि सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी छ। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का १२ वर्षीय दीपेश मेहता सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।

गत सोमबार बिहान करिब ९:४५ बजे बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित दुई जना साथीसँग कोशी नदीमा पौडी खेल्न गएकामध्ये दुई जना सकुशल निस्किएका थिए भने उनी बेपत्ता भएका सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त टोली र नेपाल प्रहरीको समन्वयमा बालकको खोजी जारी छ। खोजी कार्य बराहक्षेत्र–९ स्थित सप्तकोशी नदी आसपास केन्द्रित गरिएको छ। हालसम्म बालक फेला परेका छैनन्, प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ७ श्रावण २०८२ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App