४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

अमेरिकी दूतावासले भन्योः नेपालीलाई नेपालमै बस्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छौँ

नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारसँगको सहकार्यमा अमेरिकाले नेपाली नागरिकलाई नेपालमै बस्नसक्ने वातावरण बनाउन प्रयत्नशील रहेको बताएको छ। बुधबार दूतावासले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै यस्तो बताएको हो। 

‘अमेरिका नेपाल सरकारसँगको साझेदारीमा नेपाली नागरिकहरूले आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छ,’ दूतावासले लेखेको छ । 

अमेरिकी दूतावासको यो भनाई गैह्रकानुनी रूपमा अमेरिका जाने नेपालीहरूलाई लक्षित देखिन्छ। नेपालीहरू करोडौँ खर्च गरेर तल्लो बाटो हुँदै अमेरिका पुग्ने गरेको तथ्य निकै चर्चामा छ। पछिल्लो समय अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि अमेरिकामा गैह्रकानुनी आप्रबासीका लागि अप्ठेरो स्थिति छ। त्यहाँबाट दर्जनौँ नेपाली नागरिक डिपोर्ट पनि भइसकेका छन्।  

यसअघि पनि दूतावासले यस्ता गतिविधि रोक्न बारम्बार सूचना जारी गर्दै आएको छ। किनकि नेपालमा अवसरको कमीका कारण धेरै नेपालीहरू गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रयासमा लाखौँ रुपैयाँ खर्च गरिरहेका छन्।  

दूतावासले नेपालीहरूलाई आफ्नो देशमै अवसर खोज्न र सुरक्षित भविष्य निर्माण गर्न प्रोत्साहन गर्दैआएको छ। नेपालको विकासका लागि अमेरिका ठुलो सहयोगी मुलुक पनि रहँदै आएको छ।  

प्रकाशित: ३२ असार २०८२ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App