१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

निर्वाचन आचारसंहिता विपरीत गठबन्धनले बाँड्यो त्रिपाल

कालिकोटमा गठबन्धनले निर्वाचन आचारसहिंता विपरीत त्रिपाल वितरण गरेको पाइएको छ। पलाँता गाउँपालिकामा बर्षाले घर भत्केकाहरुलाई गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्रबहादुर शाहीको तर्फबाट आएको भन्दै त्रिपाल वितरण गरिएको हो।  

बर्षाले क्षति पुर्‍याएको एक महिना ११ दिनपछि त्रिपाल वितरण गरिएको रास्कोटका लिलाराज सज्यालले बताए। माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा विजयी बिष्णुवहादुर रोकाया (इन्द्र) र वडानं ९ का माओवादीका वडा कमिटि सदस्य मानवहादुर सुनारले त्रिपाल वितरण गरेको सज्यालले बताए। ‘म काम विशेषले पलाँता गएका बेला एक हुल मान्छे जम्मा भएको देखँ,े त्यहाँ जाँदा त्रिपाल वितरण भइरहेको थियो।’ उनले भने, पूर्व मुख्यमन्त्रीको बाढी प्रभावितलाई नासो हो। अहिले प्रतिनिधि सभामा लढ्नु भएको छ, भोटको पनि आश गर्नुभएको छ भन्दै एक जनालाई दुई देखि पाँच वटासम्म त्रिपाल वितरण गरेको देखेपछि आफूले तस्बीर खिचेको हुँ।’

उनले तस्बिर खिचेको देखेपछि माओवादी कार्यकर्ताले धम्की दिएको र हटाउन लगाएको सुनाए। उनले नागरिकसँग भने, ‘मेरो मोबाइलको रिसाईकल बिनमा डिलिट तस्बिर गएर बस्छ, अहिले मैले मोबाइलको रिसाईकल बिनबाट रि स्टोर गरेर यी तस्बिर सार्वजनिक गरेको हुँ।’

सबै दल सहभागी भएर विपद ब्यवस्थापन समितिमा राहतको समान जम्मा गर्ने बताए पनि मौन अवधी सुरु हुने दिनमै प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्रवहादुर शाहीको नासो भन्दै त्रिपाल वितरण हुनुलाई निर्वाचन आचारसहिँताको तीव्र उल्लङ्घन भएको हो।  

यस बिषयमा कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले आफूले जानकारी नपाएको बताए। उनले विषयबारे प्रहरी प्रमुख मार्फत जानकारी लिने बताए। निर्वाचनका बेला कुनै पनि मतदातालाई प्रभावमा पार्न यस्ता नगद जिन्सी समान दिनुलाई आचारसहिंता विपरीत मानिन्छ। तर कालिकोटको पलाँता गाउँपालिकामा भने निर्वाचित गाउँपालिका अध्यक्ष आफैं आफ्नो दलका उम्मेदवारको नासो भन्दै वितरण गरिरहेका छन्।   

प्रकाशित: २ मंसिर २०७९ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App