१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशको पत्रकार परिचयपत्र नागरिक एपमा हेर्न सकिने

सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले जारी गरेको पत्रकार परिचयपत्र अब नागरिक एपमा पनि हेर्न सकिने भएको छ। सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशबाट पत्रकार परिचयपत्र लिएका पत्रकारहरुले आफनो परिचयपत्र हराएमा वा छुटेमा देखाउनु पर्ने स्थानमा नागरिक एपबाट देखाउन सक्नेछन्।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित नागरिक एपको वन पोइन्ट सिक्स पोइन्ट टु भर्जनमा बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयबाट जारी पत्रकार परिचयपत्र हेर्न सकिन्छ।

सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाका अनुसार पत्रकार परिचयपत्र हेर्नका लागि नागरिक एप डाउनलोड गर्नुपर्नेछ। नागरिक एपलाई अपडेट गर्नु पर्नेछ। अपडेट गर्दा एपको वन पोइन्ट सिक्स पोइन्ट टु भर्जन अपडेट हुनेछ। नागरिक एपमा पत्रकार पास भन्ने आइकनमा क्लिक गर्नु पर्नेछ।

पत्रकार परिचयपत्र नम्बर राख्नु पर्नेछ। जन्ममिति मागेमा त्यो पनि राख्नु पर्नेछ। सूचना तथा प्रसारण विभाग वा सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेश मध्ये कहाँबाट परिचयपत्र लिएको हो सोही कार्यालय छनौट गरी पेश गरेपछि परिचय पत्र देखिनेछ। परिचयपत्र डाउनलोडन गरेपछि नेपाली र अंग्रेजी दुवै पट्टीको परिचय पत्र हेर्न मिल्छ।

प्रकाशित: ३० कार्तिक २०७९ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App