५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भान्जाले गरे मामाको हत्या

आइतबार राति मोरङको उर्लाबारी नगरपालिका–८ मा भान्जाले आफ्नै मामाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।  

पथरीशनिश्चरे नगरपालिका–१ का ४२ वर्षीय काजी महरा (मामा)लाई उनकै भान्जाले हत्या गरेको मोरङ प्रहरीले जनाएको छ। उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटी (भान्जा)ले मामालाई धारिलो हतियार बाम्फोक (दाउ)ले टाउकोमा प्रहार गरी हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। हत्या आरोपमा पक्राउ परेका सुजन मृतक काजी महराको बहिनी कल्पना पाँचकोटीका छोरा हुन्।    

उर्लाबारीस्थित बहिनी कल्पनाको घरमा महरा ५ दिनदेखि बस्दै आएका थिए। खाना खाएर सुतेका उनीमाथि सुजनले राति पौने ११ बजेतिर बाम्फोकले प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए।  

बाम्फोक प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगिएको थियो। उनको उपचारकै क्रममा सोमबार बिहानका १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।  

इलाका प्रहरी कार्यालय उर्लाबारीले हत्यामा संलग्न सुजनलाई पक्राउ गरी घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।  

त्यसै गरी, मोरङको लेटाङ नगरपालिका–९ जाँतेका २८ वर्षीय गणेश गजमेरको सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ। बाटो हिँड्ने क्रममा राति ८ बजेतिर उनलाई सर्पले डसेको थियो।

सर्पले डसेर घाइते भएका गजमेरको उपचारका लागि झापाको दमकतर्फ लैजाने क्रममा राति १० बजेतिर बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७९ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App