१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

रुपन्देहीको देवदहमा श्रीमान्-श्रीमती घरभित्रै मृत फेला

रुपन्देहीको देवदह नगरपालिका-५ पाल्पाली टोलस्थित एक घरमा सोमबार दम्पति मृत्त अवस्थामा फेला परेका छन्। घरको ढोकाभित्रबाट चुक्कुल लगाएको अवस्थामा श्रीमान्-श्रीमती ३६ वर्षका बोलिन्द्र जोल्मी मगर र ३२ वर्षीया हेमकला जोल्मी मगर मृत्त फेला परेका हुन्।

श्रीमती हेमकलाको शव भुइमा तन्नाले बेरेको अवस्थामा र श्रीमान् बोलिन्द्र पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए।

बोलिन्द्र केही समय पहिले वैदेशिक रोजगारीबाट फर्केका थिए। सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। घटना स्थलको प्रकृति हेर्दा हत्या गरी आत्महत्या जस्तो देखिएपनि थप अनुसन्धान अगाडि बढाइएको डीएसपी केसीले बताए।

प्रकाशित: २१ कार्तिक २०७९ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App