१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

दुई समूहबीच विवाद हुँदा नेपालगन्जमा गोली चल्यो

आइतबार बेलुकी नेपालगन्जमा गोली चलेको छ। नेपालगन्ज उपमानगरपालिका वडा नम्बर ८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो।  

प्रहरीका अनुसार दुई समूहबीच विवाद हुँदा एक पक्षले अर्को पक्षलाई घेरेपछि घेरामा परेको पक्षले हवाई फायर गरेर भागेको हो। बाँके प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले उक्त घटनामा दुईवटा आपराधिक गिरोहको संलग्नता रहेको प्रारम्भिक सूचना प्राप्त भएको र केही व्यक्तिहरुको नाम पनि प्रहरीले प्राप्त गरेको जानकारी दिए।  

नेपालगन्जकै स्थानीयवासी रहेका उनीहरुको खोजीकार्य तीव्र पारिएको उनले जानकारी दिएका छन्। उनले यस घटनालाई गम्भीर घटनाका रुपमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए।

सीमावर्ती सहर नेपालगन्जमा हातहतियारको अवैध घुसपैठ हुने जोखिम उच्च छ। तिहारको बेला र आसन्न निर्वाचनको सम्मुखमा गोली चलेपछि यसले थप जोखिम र खतरातर्फ संकेत गरेको छ। प्रहरीले सुरक्षा व्यवस्थामा थप संवेदनशीलता देखाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित: ७ कार्तिक २०७९ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App