६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सरकारले आफ्ना कार्यकर्ता भर्ति गर्ने क्लीन फिड अवधारणा ल्याएको राष्ट्रिय विज्ञान संघ नेपालको आरोप

राष्ट्रिय विज्ञान संघ नेपालले सरकारले आफ्ना कार्यकर्ता भर्ति गर्ने क्लीन फिड अवधारणा ल्याएको आरोप लगाएको छ।

शुक्रबार राष्ट्रिय विज्ञान संघ नेपाल स्थापना भएको जानकारी दिन काठमाडौँमा गरेको पत्रकार सम्मलमा संघले यस्तो अरोप लगाएको हो। सम्मेलनमा बोल्दै संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले पार्टीका कार्यकर्ता भर्ति गर्न ल्याएको बताए।

उनले सरकारको तलव भत्ता र गाडी चढ्ने काम मात्रै भएको भन्दै क्लीन फिड भने अहिलेसम्म कार्यान्वयन नभएको बताए। उनले सरकारले क्लीन फिड अवधारणा ल्याउन नहुने थियो भन्दै ल्याएपछि कार्यान्वयन गर्न सक्नुपर्ने बताए।

श्रेष्ठले क्लीन फिड अवधारणा ल्याएर पनि अहिलेसम्म कार्यान्वयन नहुनुमा शंका रहेको बताए। उनले विज्ञापनहरुलाई सही रुपमा प्रशारण र प्रकाशन गर्ने नीतिगत व्यवस्थाको लागि अब आउने सरकारसँग संघले वार्ता गर्ने पनि बताए।

देशभरका विज्ञापन एजेन्सीहरुलाई एकत्रित गर्ने उद्देश्यले धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्य रहेको राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको छ।

प्रकाशित: ४ कार्तिक २०७९ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App