२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

अर्घाखाँचीमा वृद्ध मृत्यु प्रकरण: आफ्नै दाजुले हत्या गरेको पुष्टि

भिरबाट लडेर मृत्यु भएका भनिएका भुमिकास्थानका बिरबहादुर गमालको हत्या भएको खुलेको छ। जिल्लाको भुमिकास्थान नगरपालिका-१, ढाकाबाङका गमालको भिरबाट चिप्लिएर मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएपनि उनको हत्या भएको पुष्टि भएको छ।  

आफ्नै सहोदर दाजुले भाइको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक अर्जून पौडेलका अनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा ७० बर्षीय बिरबहादुर गमाल (मृतक)र उनका ७४ बर्षीय दाजु हिमबहादुर गमालले स्थानिय बैंकबाट भत्ता निकालेर सँगै पैदल घर फर्केका थिए। घर फर्किँदै गर्दा बेलुका ७ बजेको समयमा बाटोमा लेनदेको बिषयमा दुई भाइको सामान्य विवाद भई धकेला धकेल हुँदा बिरबहादुर भिर बाट लडे। आवेगमा भिरमा धेकेलेका हिमबहादुर भाईलाई सोधखोज नगरी सरासर घर गए।

उनको चिप्लिएर नभई दाजुले भिरबाट धकेलेपछी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भुमिकास्थान नगरपालिका-१ स्थित खलाधारा भीरबाट चिप्लिएर बिरबहादुर गमालको मृत्यु भएको प्रारम्भिक अनुमान थियो। शंका लागेर प्रहरीले सोधपुछ गर्दै जाँदा उनका दाई हिमबहादुर गमालले भिरबाट धकेलेर हत्या गरेको पुष्टी भएको हो।

हिमबहादुर गमाललाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०७९ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App