५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अदालतबाट सजाय भएका फरार दुई जना पक्राउ

जिल्ला अदालत रोल्पाको मिति २०७८ वैशाख २४ गतेको फैसला अनुसार सजाय भएका दुई जनालाई रोल्पा प्रहरीले पक्राउ गरेको छ।

जबरजस्ती करणी मुद्दामा ८ वर्ष ५ महिना ९ दिन भुक्तान गर्न बाँकी भइ फरार रहेका रोल्पा नगरपालिका वडा नं. ९ ह्वामा बस्ने सुकुम भन्ने जितेन्द्र रानामगरलाई प्रहरीले मिति २०७९ कार्तिक २ गते पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि रोल्पा जिल्ला अदालत लिबाङ रोल्पामा बुझाइएको छ। त्यसैगरी जिल्ला अदालत प्युठानको मिति २०७७ चैत १८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका एक व्यक्तिलाई पनि रोल्पा प्रहरीले पक्राउ गरेको छ।

तोकिएको कैद भुक्तान गर्न बाँकी रहेका फरार रोल्पा नगरपालिका ७ माडिचौर बस्ने वर्ष ५२ का दलबहादुर पुनलाई पनि रोल्पा प्रहरीले २०७९ असोज २६ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा बुझाइएको छ।

प्रकाशित: २ कार्तिक २०७९ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App