५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सत्यमोहनको जन्मकुण्डली जलाउँदै उनका छाेराहरू दिए श्रद्धाञ्जली

तस्बिर: गिरीश गिरी

शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नो निधनपश्चात शरीर दान गर्ने घोषणा गरेका कारण आज उनका परिवारले कानुनी प्रक्रिया पूरा गरी जोशीको पार्थिव शरीर अस्पताललाई हस्तान्तरण गरेका छन्।

पत्रकार गिरीश गिरीले सामाजिक सञ्जाल मार्फत उक्त कुराको जानकारी दिएका हुन्। उनका अनुसार पिता  सत्यमोहन जोशीकाे इच्छा बमोजिम शरिर अस्पताललाई दान दिएपछि उनका जेठा छोरा अनुराज र कान्छा छोरा डा पूर्णराज जोशीले बुवा सत्यमोहन जोशीको जन्मकुण्डली शंखमुलस्थित बागमती घाटमा बेलुकी ६.१४ बजे जलाउॅदै श्रद्धाञ्जली अर्पण गरेका छन्।

यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको छ। जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अन्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको हाे।

१०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान निधन भएको थियो। किस्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

प्रकाशित: ३० आश्विन २०७९ १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App