४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कालिकोटमा अविरल वर्षाले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु

बुधबारदेखि भारी वर्षा हुँदा कालिकोटका अधिकांश ठाउँमा यो वर्ष अत्याधिक पहिरो खसेको छ। भारी वर्षाले जिल्ला भरी ठूलो जनधनको क्षति भएको छ।  

बुधबारदेखिको अविरल वर्षाले नरहरीनाथ गाउँपालिकामा कतै मानबिय क्षती नभए पनि भौतीक (घर,खेतबारीमा लगाएको अन्नबाली,पुलपुलेसा, पाटीपौवा,पशुबस्तु,मन्दिर बाटोघाटो,खानेपानी र सिँचाइ कुलो)क्षेती भएको वडानम्बर ९ अध्यक्ष्य प्रदिप बोहोराले जानकारी दिए।  

उनका अनुसार नरहरीनाथ गाउँपालिकाल –९ लालु गडिगाउको उतिसेडिमा पहिरो ४ घरमा क्षती पुर्याएको छ भने २०  भन्दा बढी घर उच्च जोखिममा रहेका छन्। तल्लो रानिडाडा खानेपानीको पाइप बगाउदा २ सय ५२ घरधुरीका खानेपानी बन्द भएको छ। ३ वटा सिचाई कुलो भत्केको छ, निर्माणाधीन झुलङ्गेपुलमा पनि क्षेती पुर्याएको अध्यक्ष्य बोहोराले बताए।

वर्षाले जिल्ला भरिनै क्षती पुर्याएको भए पनि अहिलेसम्म नरहरीनाथ गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्र बाढीपहिरोले के कति क्षती गरेको छ सोको विवरण संकलन गर्न अनुगमन सुरु गरेको छ।

वेमौसमी वर्षाका कारण नरहरनिाथ गाउँपालिकामा पहिराले ५० घरमा क्षति गरेको छ।  यस्तै सान्नी त्रिवेणी गाउँपालिकामा पनि बाढीपहिरोले ठूलो क्षति गरेको छ। गाउँपालिकाको वडा नम्बर ७ मा दुईवटा घर भत्किएर पूर्ण क्षती भएको र दुई सय घरको खलो,आगनदेखि जमिन समेत बगाएको गाउँपालिका अध्यक्ष मोहन केसीले जानकारी दिए।  

उनका अनुसार पहिरोले दुई सय घरमा क्षति पुगेको छ। सोको विवरण संकलन पनि सुरु गरीएको छ। रास्कोट नगरपालिका र महावै गाउँपालिकाले पनि क्षति विवरण संकलन सुरु गरेको जनाएको छ।  

प्रकाशित: २६ आश्विन २०७९ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App