उच्च रक्तचापको समस्या देखिएको चिकित्सकले जनाएका छन्।
दुई घण्टासम्म इमरजेन्सी कक्षमा राखेर उनको स्वास्थ्य परीक्षण गरिएको थियो। सुरुमा १९०/१२० रहेको रक्तचाप औषधी सेवन पछि १६०/११० मा रक्तचाप झरेको थियो। चिकित्सकका अनुसार रक्तचाप तलमाथि भैरहेपछि उनलाई वीर अस्पतालको आईसीयुमा भर्ना गरिएको दीक्षित प्रकाशक रहेको हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले बताए।
दीक्षितलाई अख्तियारकै प्रहरी टोलीले वीर अस्पताल ल्याएको थियो। अकुत सम्पत्ती अार्जन गरेको अभियोगमा छानविन गर्न दीक्षितलाई शुक्रबार अख्तियारको निर्देशनमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए।
प्रकाशित: ११ वैशाख २०७३ ०३:२१ शनिबार