२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अबदेखी कपाल र दाह्री काटेको २ सयसम्म

नेपाल नाई संघल काठमाडौं उपत्यका समितिले उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको छ।

संघको उपत्यका समितिले एक सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट सार्वजनिक गरेको छ। जारी सूचना अनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तोकिएको छ। यसअघि यो शुल्क १५० रुपैयाँ थियो।

तेस्तै दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ तोकिएको छ। कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँसम्म बढेको संघले जनाएको छ।

नेपाल नाई संघले काठमाडौंका अनुसार सबै कुरामा महंगी बढेका हुनाले सैलुन सेवामा पनि मुल्य वृद्धि गरिएको हो।  

प्रकाशित: ३ आश्विन २०७९ ०९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App