४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कालिकोटमा सुपथ मूल्य पसल सञ्चालनमा

दशैं,तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ। चाडपर्वका बेला बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो।

दशैं,तिहार,छठ लगायतका चाडपर्वको बेलामा बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि हुने भएकाले सबै सरोकारवालाले बजार अनुगमनमा ध्यान दिनुपर्ने उपभोक्ताहरुको भनाइ छ।  

दुई वर्ष अघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ। सुपथ पसल कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन्।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालिकोटका कार्यालय प्रमुख कमलराज पाण्डेले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा आम उपभोक्ताको अधिकारलाई सुरक्षित राख्दै वस्तुहरुको विधिकरणमा जुटिएको बताए। उनले भने ‘चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गरिएको हो। चाडपर्वमा उपभोक्तालाई राहत दिन कालिकोटमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।’  

‘बजारमा हुने अस्वभाविक मूल्य वृद्धि नियन्त्रण गर्नुका साथै गरिबीको रेखामुनि रहेका नागरिकलाई लक्षित गरेर ल्याइएका सुपथ मूल्य पसलहरुबाट विचौलियाले फाइदा उठाउन नहुने प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए। उनले भने,‘चाडपर्वमा आम नागरिकलाई सेवा पुर्‍याउन यस्ता सुपथ मूल्य पसलहरु अब सरकारी स्वामित्वका मात्र होइन,नीजि क्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्न आग्रह गर्दछु।

यस्ता सहुलियत मूल्य पसल शहरमा मात्र होइन,गाउँसम्म पुर्‍याउन आवश्यक रहेको छ’

प्रकाशित: २ आश्विन २०७९ ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App