१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आजदेखि काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

फाइल तस्बिर

आजदेखि काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ। महानगरले यसअघि नै सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ खान नपाइने जनाएको हो।

सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने कार्यमा निषेध गरिएको महानगरले जनाएको छ।

काठमाडौं महानगरपालिका नगरसभाको ११ औं अधिवेशनले सार्वजनिक स्थानमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्व्यन गर्ने नीति पारित गरेको थियो।

महानगरपालिकाले यदि नियम उल्लंघन गरेमा व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा जरिवाना गर्ने चेतावनी दिएको छ।

प्रकाशित: १ आश्विन २०७९ ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App