६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बालअधिकार प्रवर्द्धनका लागि बालमैत्री अभियान आवश्यक

बालदिवसको सन्दर्भमा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चले राष्ट्रिय कार्यशाला सम्पन्न गरेको छ। बालमैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी प्रवर्द्धन तथा स्थापना गर्नका लागि मञ्चले कार्यशाला आयोजना गरेको हो।  

सरकारी निकायहरू,विकासमा साझेदार, समाजिक संघसंस्था, अभियान्ता लगायत सातै प्रदेशका ७० जनाभन्दा बढि व्यक्तिहरूको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त तथा प्रवक्ता गौरी प्रधानले बालबालिकाको लागि सवल वातावरण सबै उमेर समूहको लागि सहज हुने तर अरु उमेर समूह केन्द्रित वातावरण, सबैको लागि सवल नहुने कुरामा जोड दिँदै त्यसको लागि बालबालिकामा लगानी बढाउन जरुरी रहेको बताए।  

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप–सचिव रेशम कडेल र जनकराज शर्माले क्रमशःबालमैत्री स्थानीय शासनको अवधारणा र बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका तथा घोषणा कार्यविधिको कार्यन्वयन्वयनका अवस्थाका सन्दर्भमा प्रस्तुतीकरणका साथै बालमैत्री अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रालयको तर्फबाट प्रतिबद्धता व्यक्त गरे।  

त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बाल संरक्षण तथा विकास शाखाकाउप–सचिवकृष्ण थापा, राष्ट्रिय बालअधिकार परिषद्बाट डा. देवकी आचार्य, राष्ट्रिय बालअधिकार परिषद्का पूर्व कार्यकारी निर्देशक मिलनराज धरेल,नागरिक संघसंस्थाको सञ्जालका तर्फबाट बेनुमाया गुरुङ्ग, वोल्र्ड भिजनका प्रतिनिधि अनुभव अधिकारी, युनिसेफका प्रतिनिधि तोयानाथ सुवेदी र बालबालिकाको प्रतिनिधित्व गर्दै जागृति बाल क्लबकी उपाध्यक्ष रेजीनाघर्ती मगरले बालमैत्री अभियानलाई उत्तरदायी जवाफदेही र लगानी मैत्री बनाउन जोड दिए।  

मञ्चका संयोजक तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका सदस्य हरिवोल आचार्यले गरेका थिए।  

प्रकाशित: २८ भाद्र २०७९ ०४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App