२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रकको ठक्करले सर्लाहीमा एक जना पैदल यात्रीको मृत्यु

ट्रकको ठक्करले सर्लाहीमा एक जना पैदल यात्रीको मृत्यु भएको छ। सर्लाहीको हरिवन नगरपालिका १० नयाँरोड चोकमा पूर्व पश्चिम लोकमार्गमा ट्रकको ठक्करले एक जना पैदल यात्रीको मृत्यु भएको हो।

सिराहाको मिर्चैयाबाट हेटौँडातर्फ जाँदै गरेको ना ८ ख ८२६७ नम्बरको गहुँलोड भएको ट्रकले पैदल यात्रीलाई सोमवार बिहान ठक्कर दिएको थियो। हरिवन नगरपालिका ९ बस्ने करिब ५० वर्षका रामचन्द्र रायमाझीलाई ट्रकले ठक्कर दिँदा रायमाझीको घटनास्थलमै मृत्यु भएको हो।

ट्रक चालक सिराहाको मिर्चैया नगरपालिका ९ का ३७ वर्षीय ललित चौधरीलाई ट्रकसहित नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि विजय यादवले जानकारी गराएका छन्। मृतकको शवलाई प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाइ छ।

प्रकाशित: २७ भाद्र २०७९ १४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App