१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

साझा पर्व बन्दै तीज

फोटो बिवरण : हरितालिक तीजका अवसरमा तौलिहवा नाच्दै महिलाहरु ।

केही बर्ष यता हरितालिका तीज साझा पर्वकारुपमा बिकसित  हुदै आएको छ। पहाडिया समुदायले मात्र मनाउने मान्यतालाई तोडदै यहाका मधेसी, मुस्लिम दलित समुदायका महिलाहरु समेत तिज रमाइले गरी मनाउन थालेका छन।

पडाडीया समुदायको बाहुल्यता रहेको उत्तरी भेगमा तिजको रौनक छट्टै हुन्छ। तर केह बर्ष यता मधेसीहरुको बाहुल्यता रहेको दक्षिणी भेगमा समेत तीज हर्षोल्लासका साथ मनाउन थालिएको छ। कृष्णनगर, तौलिहवा, लवनी पकडी लगायतका स्थानमा समेत तीज मनाईएका छन।

यसैक्रममाा कपिलवस्तु नगरपालिका– ३ गौढी चोक की कनिज फातमा हरितालिका तीजमा सामुहिक दर खाई  कम्मर मर्काईमर्काइ नाचिन। एक साता देखि तिजको कार्यक्रममा सरिक हुदै आएकी छिन। तिजको दिन रातो साडीमा सजिएकी उनी २ घन्टा सम्म नाचिन। सामुहिक दर खाने कार्यक्रममा निकै रमाएकी एकल महिला फातमाले आफुले निकै रमाईदो गरी तीज मनाएको बताईन।

आफु मुस्लिम समुदायको भए पनि सबै मिलेर तीजमा रमाईलो गर्न पाउदा निकै खुशी लागेको उनले बताईन। ‘तीज हिन्दुहरुको मात्र होईन सबै महिलाहरुको चाड हो, यसमा रमाउनु पर्छ ’ उनले भनिन। यस्तै जिल्ला समन्वय समितिकी की पुर्व सदस्य कुन्ती पासी माहुरी होमले तौलिहवामा  गत शुक्रवार राखेको तीज गीत प्रतियोगीतामा धिज मर्ने गरी नाचिन। ढेड सय बढी महिलाहरुसंग सामुहिक नाचगान र दर खान पाउदा आफु दंग परेको उनले बताईन। ‘ बिना कुनै भेदभाव सबै महिलाहरुसंग सामुहिक दर खान पाउदा निकै रमाइलो लाग्यो ’ उनले खुशी हुदै भनिन ‘ कार्यक्रममा सहभागी  भए पछि धेरै खुशी लागेको छ ’।

कार्यक्रममा सहभागी भएकी कपिलवस्तु नगरपालिकाकी उप प्रमुख सुनिता गुप्ताले केही बर्षयता तिज समाबेशी पर्व बन्र्दै गएको बताईन। केही बर्ष अघि सम्म पहाडी मुलका महिलाहरुले मात्र मनाउने गरिएको तीज अहिले मुस्लिम, जनजाति, मधेसीहरुले समते मनाउन थालेको उनले बताईन। ‘

 जिल्लाको दक्षिणी भेगमा तिजको कुनै रौनह हुन्थेन, तर केही बर्षयता तीजमा मधेसी मुस्लिम दलीतहरुले समेत मनाउन थालेका छन ’ उनले भनिन ‘ तीज कुनै बिशेष बर्गको मात्र चाड रहने, यो समाबेशी पर्व बन्दै गएको छ।'  पहाडी समुदायको बाहुल्यता रहेको उत्तरी भेगका सीमित रहेको तीज जिल्लाको दक्षिणीभेगमा समेत गुन्जीन थालेको लुम्बिनी प्रदेश राज्य मन्त्री रिना नेपालले बताईन।

सदरमुकाम तौलिहवामा मात्र बिभिन्न गैर सरकारी संस्था, महिला अगुवाहरुले एक दर्जन बढी सामुहिक दर खाने खाने कार्यक्रम संपन्न गरेका छन। ती कार्यक्रममा मधेसी, मुस्लिम जनजातिहरुको समेत सहभागी भएको नेपालले बताईन। 

‘तीज समाबेशी पर्व बन्दै गएको छ, जसले गर्दा सामाजिक सदभाव समते बढेको छ ’ उनले भनिन। अधिकारकर्मी रबि ठाकुरले दक्षिणीभेगमा तीजको रौनक बढनु निकै राम्रो कुरा भएको बताए। ‘ हरेक समुदायका महिला कार्यक्रममा सहभागी भएकाले तीजले सकारात्मक प्रभाव पारेको छ ’ उनले भने।

 नेपाल महिला संघकी अध्यक्ष मीना केसीले तीज पर्व सबैको साझा पर्वर्कारुमपा विकसित हुदै गएको बताईन। शनिवार संघले तौलिहावमा हरितालिका तीजको अवसरमार राखेको सामुहियक दर खानेका कार्यक्रममा सबै जात जाति, महिला पुरुषले रमाईलो गरी मनाएको बताईन।

तीजमा तडकफडक बढको र सामाजिक संजालमा रमाईलोको नाममा समेत जथाभावी गरिएको प्रति भने उनले चिन्ता ब्यक्त गरिन ।

प्रकाशित: १२ भाद्र २०७९ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App