५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

संरक्षण क्षेत्रबाट चोरीनिकासी

क्याप्सन : वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षण क्षेत्रभित्र सालका काठ चिरान

वीरन्द्रनगरमा रहेको काँक्रेविहार संरक्षण क्षेत्रभित्रबाट रुखहरु चोरी निकासी हुन थालको छ। संरक्षणभित्र जंगलबाट आरा लगाएर संरक्षित रुखहरु चिरान गरेर चोरीनिकासी गरेको पाईएको हो।  

बन्चरो प्रयोग गरेर आवाज आउँछ भनेर आराको प्रयोग गरेर सालको रुखहरु फडानी गरेका पाईएको छ। वन क्षेत्र संरक्षण हुन नसक्दा बन्यजन्तु समेत लोप हुने अवस्थामा रहेको छ।

मुख्य जरायो लगायत जनावरहरु काँक्रेविहार जंगल क्षेत्रमा बस्दै आईरहेका छन्। स्थानीय यूवाहरु संरक्षणमा जुटेपनि रातीको समयमा रुखहरु कटान हुन थालेको हो। जंगल नजिक बस्तीहरु भरिन थालेसंगै जनावर र रुखहरु चोरी निकासी तिव्र भएको हो।

 ‘संरक्षणका लागि काँक्रेविहार वरिपरि पर्खाल लगाउने कार्य अदालतबाट विचाराधिन भएकाले रोकिएको छ।’ डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले भने, अहिले तत्काल कर्मचारीहरु आन्दोलित भएको हुँदा गस्ति गर्न सकिने अवस्था छैन्। 

प्रदेश सरकारले तत्कालका लागि संरक्षण उपाय अपनाउदाँ राम्रो देखिन्छ।’  

प्रकाशित: १२ भाद्र २०७९ ०६:४५ आइतबार

चोरीनिकासी संरक्षण क्षेत्र