५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

निशाने दोभानमा ट्यांकी बनाउन शुरु

निशाने सर्दु दोभानमा २ लाख १० हजार लिटर भन्दा बढी क्षमताको खानेपानी ट्यांकी निर्माण हुँदै।

सर्दु–निशाने खोला दोभानमा खानेपानी ट्यांकी निर्माण कार्य शुरु भएको छ। गोर्खा पिस फाउण्डेशन युके र मेयर हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा उक्त ट्यांकी निर्माण कार्य शुरु भएके हो।  

यो ट्यांकी २ लाख १० हजार लिटर बढी क्षमताको हुने प्रोजेक्ट मेनेजर पुर्णप्रसाद लिम्बुले जानकारी दिए। उनका अनुसार अढाई लाख लिटर क्षमताको ट्यांकी निर्माण गर्ने योजना भएपनि प्राविधिक कारणले २ लाख १० हजार भन्दा केही बढी क्षमताको निर्माण हुने भएको छ। यसको लागत स्टिमेट ५५ लाख ९० हजार २३३ रुपैँया अनुमान गरिएको छ। यो कुल लागतको ८८ प्रतिशत हो।  

नगरपालिका वा खानेपानी बोर्डबाट जनश्रमदान ११.८८ प्रतिशत अर्थात ७ लाख ४७ हजार ७ सय रुपैँया बराबरको हुने पनि लिम्बुले बताए। ‘लगायत कुल हिसाब गर्दा ६३ लाख ३६ हजार ९३६ रुपैँया बराबरको हुन्छ,’उनले भने। ट्यांकी ३ महिनाभित्र निर्माण कार्य सकेर ट्यांकी हस्तान्तरण गरिने पनि उनले जानकारी दिए।  

सर्दु, खर्दु र निशाने खोलामा बगेर खेर गइरहेको पानीलाई स्टोर गरेर खुवाउनको लागि यो ट्यांकी बन्न लागेको हो। ट्यांकी निर्माण कार्य सकिए पछि १० इञ्चको पाइपमार्फत पानीलाई स्वास्तिका चोकको ट्यांकीमा पुर्याएर वितरण गरिने खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बताए। उनका अनुसार अहिलेसम्म स्वास्तिका चोकमा जंगलबाट पम्पिङ गरेर मात्र पानी आपूर्ति भइरहेको छ। यो ट्यांकी निर्माण भएर पानी थपिएपछि धरान १०, १२, ११, १७, १८, १९ वडामा राहत पुग्ने उनले बताए।

प्रकाशित: ७ भाद्र २०७९ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App