सन्तोष र बाबुलाललाई चरेस बोकाएर बसमा पठाएपछि चन्द्र र मानबहादुर मोटरसाइकल चढेर पोखरा आएका थिए। बुधबार साढे ४ बजे पोखरा के आइपुगेका थिए, झोला बोकेर आएका २ जना र अरु २ जनालाई प्रहरीले समातिहाल्यो । झोलामा चरेस बोकेर ल्याएको पनि उनीहरुले तुरुन्तै सकारे। 'पहिल्यै पाएको सुराकको आधारमा हामी उनीहरुलाई पर्खेर बसिरहेका थियौं,' इन्स्पेकटर गुरुङले भने, '४ जना भेला हुनासाथै समात्यौं ।'
उनीहरुले आधा—आधा किलोका पोका बनाएर चरेस पोखरा ल्याएको गुरुङले जानकारी दिए। पक्राउ परेकामध्ये सबैजना सामान्य साक्षरमात्रै रहेको गुरुङले बताए। प्रहरीले चन्दमान र मानबहादुरले चढेर आएको बा४९प ५७९७ नम्बरको पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
ब्युरोले १५ दिनअघि पनि १५ किलो चरेससहित ५ जनालाई पक्रेको थियो। सराङ्कोटको हिमालयन भ्यु गेस्ट हाउसबाट लक्ष्मी र देउमाया पहारी, म्याग्दी दरबाङ–५ की ५० वर्षीया विष्णुकुमारी पुन, बागलुङ हरिचौर–९ का ५५ वर्षीय सुनबहादुर घर्तीमगर, बागलुङ लेखानी–६ का ६२ वर्षीय हरि पुन पनि समातिएका थिए। लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार २ देखि १० किलोसम्मको चरेस कारोबारीलाई अधिकतम १० वर्ष कैदसहित १ लाख रुपैयाँ जरिवाना हुन्छ ।
प्रकाशित: ६ फाल्गुन २०७२ ०३:१९ बिहीबार