सामाजिक अभियान्ताको रुपमा परिचित हेमराज थापा स्वतन्त्र उम्मेदवारको रुपमा संघीय चुनावमा लडने भएका छन्।
केही वर्षदेखि बिभिन्न मुद्दा लिएर माईतिघरदेखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका थापाले संसदबाट जनता र देशका पक्षमा लड्ने घोषण गरेका हुन्।
उनले आफ्नो फेसबुक पेजमार्फत लेखेका छन्, ‘अहिलेसम्म सडकबाट लड्यौँ, सडकमा बोल्यौँ,अब संसदबाट जनता र देशका पक्षमा लड्ने छौं।'
समाजका विभिन्न विषय वस्तु लिएर आन्दाेलनमा हाेमिदै आएका उनी अब भने संघीय चुनावमा गएर जनताकाे पक्षमा लड्ने बताएका छन्।
प्रकाशित: ३ भाद्र २०७९ १४:०२ शुक्रबार