१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

रेडक्रस रौतहटमा नयाँ नेतृत्व

नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले नयाँ नेतृत्व पाएको छ। आइतबार सम्पन्न शाखाको अधिवेशनले नयाँ कार्य समितिको चयन गरेको हो।  

रेडक्रसको रौतहट शाखा सभापतिमा राजकिशोर प्रसाद यादव निर्वाचित भएका छन्। यसैगरी उपसभापतिमा अनिरुद्ध महतो र निलु झा तथा मन्त्रीमा धर्मेन्द्र प्रसाद सिंह निर्वाचित भएका छन्। शाखाको कोषाध्यक्षमा रामअधार राययादव र उपकोषाध्यक्षमा शेष कैमुदिन निर्वाचित भएको शाखाले जनाएको छ।  

यसैगरी शाखा सदस्यमा पुनम देवी, शिलाकुमारी यादव, उर्मिला देवीयादव, रामएकबाल साह, बालकुमार प्रसाद जयसवाल, तेजनारायण प्रसाद यादव, घनश्याम सुन्दर श्रेष्ठ, संजय कुमार यादव, शेख कलामुल्लाह र रामविलास साहकानु निर्वाचित भएका छन्।  

नेपाल रेडक्रस सोसाइटीको गतिविधिलाई जिल्लामा अझ व्यवस्थित किसिमले लैजाने जिम्मेवारी आएको नवनिर्वाचित मन्त्री धर्मेन्द्र प्रसाद सिंहले दिएका छन्।

प्रकाशित: ३० श्रावण २०७९ ०५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App