गुल्मी— हाडहाडे गाविसमा केही दिन अघि सौतेनी आमाद्वारा हत्या गरिएका दुई बालकको अझैसम्म काजकिरिया हुन सकेको छैन। साउदी अरेवियामा रहेका बालकहरुका बाबु काजकिरियाको लागि घर आए पनि उनीहरुको अझै काजकिरिया नसकेको हो।
बालकहरुका बाबु नरेन्द्र काजकिरियाको लागि आएको तर नातीहरुको हत्याको पीडाले नरेन्द्रकी आमाको निधन भएपछि बालकहरुको काजकिरिया रोकिएको हो।गत माघ ५ गते साँझ र अर्को दिन विहान ४ वजेको समयमा सौतेनीआमाहाडहाडे–९ की २६ वर्षिया शान्ता पुनले ७ वर्षिय विवेक पुन र ५ वर्षिय विक्रमको हत्या गरेकी थिइन्। अहिले नरेन्द्र आमाको किरियामा रहेकोले बालकहरुको किरिया हुन नसकेको स्थानीय सुर्य थापाले बताए। 'बालकहरुको हत्याभएको चार दिननवित्दै नरेन्द्रकोआमाको पनि मृत्यु भयो,' उनले भने, 'अहिले उनीहरु तीनभाइनै आमाको किरियामा बसेका छन्, आमाको किरिया सकिएपछि बालकहरुको किरिया हुन्छ।'
शान्ताले घर भित्र सौताका जेठा छोरा विवेकलाई बासी दालभातमा मुसामार्ने विष राखेर खानदिएर मारेको र अर्को दिनविहान कान्छा छोरा विक्रमलाई मुखथुनेर घाँटी च्याँपेर हत्या गरेको प्रहरीसँग स्विकार गरेकी छन्। उनीअहिले प्रहरी हिरासतमा छन्। छोराहरुको किरियाको लागि घर आएका नरेहन्द्रले अब एक दुई दिनपछि छोराहरुको किरिया गर्ने बताए ।
प्रकाशित: १५ माघ २०७२ ०६:५६ शुक्रबार