१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सडक बिग्रिएपछि पुनःमर्मत

बिग्रिएपछि सडक आरसीसी गर्दै। तस्बिर: नागरिक

कालिकोटको सदरमुकाम मान्म बजारको खाल्डा पुर्ने अभियान सुरु भएको छ। पलाँता गाउँपालिकाका निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर बमको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ कालिकोटको समन्वयमा खाल्डा परेको ठाउँलाई पुनः आरसीसी गरी मर्मत गरिएको हो।

मान्म बजारको सडकमा छ वर्षअघि गरेको आरसीसी ढलान नटिकेपछि फेरि त्यहीँ खाल्डा परेको सडकमा आरसीसी ढलानको कामसुरु गरिएको निवर्तमान अध्यक्ष लक्ष्मण बहादुर बमले बताए।

उनले भने, ‘सदरमुकाम मान्मको सडकले गर्दा धेरैले सास्ती खेप्नु परेको छ। अब यस्तो सास्ती नहोस् भनेर आरसीसी सुरु गरिएको हो।’  

कालिकोटको जिल्ला प्रशासन कार्यालय,प्रहरी कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय अगाडिको सडकमा आरसीसी गरिएको छ। मान्म बजार सुधार गर्ने पुरानो चुनावी एजेन्डा हो। तर,अहिलेसम्म बजारको सडकमा खाल्डाखुल्डीको समस्या समाधान भएको देखिदैँन।  

भर्खरै बनेका सडकमा पनि केही महिना नबित्दै खाल्डा देखिन थाल्छन्।त्यसैले पनि बजारमा आवतजावत गर्न समस्या हुने गरेको छ।

वर्षौंदेखि नगरपालिकालाई टाउको दुखाईका रुपमा रहेको मान्मको सडकमा नगरपालिकाले चासो नदिएको स्थानीय  धर्मराज शाहीले बताए। उनले भने, ‘जिल्ला प्रशासन कार्यालय अगाडि त यस्तो छ,अन्तको सडक कस्तो होला?’ आरसीसीमा ठेकेदारको लापरर्वाहीले यस्तो भएको बताउँदै स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारले सडक मर्मतमा दिनुपर्ने बताए।

प्रकाशित: २४ श्रावण २०७९ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App