५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

पोखरामा सोमबार बिहानै खसेको पहिरोले पुरिएको घर। तस्बिरः उमेश पुन/नागरिक

झण्डै १२ घण्टा लामो समयसम्म परेको अविरल वर्षापछि पहिरो खसेर घर भत्किदा पोखरामा एकजनाको मृत्यु भएको छ। सोमबार विहान करिब एकबजे पोखरा–६ डिहिकोपाटन, पधेरोंमा लक्ष्मी खड्का क्षत्रीको घर पछाडि पहिरो खस्दा घरको कोठा भत्किएको छ।  

कोठा भत्किदाँ कोठामा बस्ने २६वर्षिय सन्तोष सुनारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। माछापुच्छ्रे गाँउपालिका वडा नं १ भुर्जुङखोला तातोपानी घर भएका सुनार पहिरोले पुरिएको अवस्थामा उद्दार गरिएको थियो। उद्दार गरी उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो। 

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परेर घाईते भएकी २७ वर्षिया सुनिता सुनारको उपचारको लागि अस्पताल लगिएको छ। कोठा भत्किदा उनकी छोरी १० वर्षकी सिम्रन सुनारको सकुशल उद्दार गरिएको थियो।

आईतबार रातीदेखि अविरल वर्षा सोमबार दिउँसोसम्म परेको थियो। डिहिकोपाटनमा पहिरोले घर भत्किएको खबर लगत्तै वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक हरि पौडेल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीको कमाण्डमा खटिएको २५ जना प्रहरीको टोलीले उद्दार गरेको थियो। त्यसैगरी अविरल वर्षाकै कारण पोखरा–२५ हेमजामा एक्वारभीरस्थित माथिबाट पहिरो आउँदा हेमजाबाट लाचोक, घाचोक जाने पक्की सडक अवरुद्ध हुन पुगेको समेत प्रहरीले जनाएको छ।  

यसैगरी पोखरा–२५ हेमजामा  पोखराबाट हेमजा तर्फ जाँदै गरेको ग १७ प १९७० नम्बरको मोटरसाईकललाई ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाईकलमा आगलागी भएको थियो। आगलागीले मोटरसाईकल चालक माछापुच्छ्रे गाँउपालिका वडा नं ४ बस्ने २७ वर्षिय नवराज नेपालीको शरीरको केही भाग जल्न पुगेको प्रहरीले जनाएको छ।

शरीर जलेर घाईते नेपालीको उपचारको लागि पोखरा फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि पठाईएको थियो। उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरे। का थिए। मोटरसाईकलमा आगलागी भएपछि ट्रक सवारी धनी पोखरा–२५ हेमजाका क्षेत्रबहादुर कुँवर समेत आगो निभाउने क्रममा जलेर सामान्य घाईते भएको प्रहरीले जनाएको छ।  

प्रकाशित: १६ श्रावण २०७९ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App