१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेतबाट मुगुको गमगढी जाँदै गरेको जीप आइतबार जुम्लामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा लु.१ज. ३७५४ नम्वरको जीप दुर्घटना हुँदा चालक र एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापका अनुसार दुर्घटनामा परेर मुगु छायानाथरारा–२ का दिपक तिरुवाको घटनास्थलमै मृत्यु भएको हो भने दुर्घटनामा गम्भीर घाइते भएका चालक कनकासुन्दरी–१ का दलबहादुर बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको हो।  

‘ब्रेक नलाग्दा चालकले सडकको भित्तामा जीपलाई ठोक्काएको पाइएको छ,’ डिएसपी थापाले भने, ‘चालकसँगै अघिल्लो सिटमा बसेका तिरुवा झर्न खोज्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते चालकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।’  

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

मुगुमा आइतबार ट्याक्टर दुर्घटना हुँदा एक जनाकोे मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार कर्णालीबाट बालुवा बोकेर जाँदै गरेको नम्वर नखुलेको ट्याक्टर छायानाथ रारा नगरपालिका–१३ रुँगामा दुर्घटना भएको हो। सडकबाट ५० मिटर तल ट्याक्टर खस्दा सोही ठाउँका ३६ वर्षीय लोकेन्द्र लावडको मृत्यु भएको प्रहरीले जनाएको छ।  

दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइते मध्ये जय लावडको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरु एउटै परिवारका सदस्यहरु हुन्।  

प्रकाशित: १५ श्रावण २०७९ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App