१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

खोटाङ भूकम्प अपडेट: केही घर भत्केको प्रारम्भिक विवरण

आइतबार बिहान खोटाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। खोटाङको साकेला गाउँपालिका ५ मात्तिम केन्द्रविन्दु भएर बिहान ८: १३ बजे र ८: २४ बजे गरी दुईपटक गएको भूकम्पको धक्का उदयपुरमा पनि महसुस गरियो।  

खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडिओे) सूर्य सेँढाईले भूकम्प मापन केन्द्रलाई उद्धृत गर्दै बताए अनुसार ६ रेक्टर स्केलको भूकम्पले साकेला गाउँपालिकामा केही घर भत्केको प्रारम्भिक जानकारी आएको बताए। ‘यतातिर खासै क्षति भएको खबर छैन, उता साकेला गाउँपालिकामा एउटा घर भत्केको र केही घर चर्केको खबर आएको छ’ सिडिओ सेँढाईले भने ‘विस्तृत जानकारी पाउन त्यहाँको इलाका प्रहरीलाई बझ्न भनेको छु।’

भूकम्पको क्षतिबारे विवरण लिन जिल्ला प्रहरीमार्फत सबै गाउँ तथा नगरपालिकाका इलाका प्रहरीलाई परिचालन गरिएको सिडिओ सेँढाईले बताए। वर्षा भईरेको र विकट पहाडी भूभाग भएकाले प्रहरी परिचालन गर्न सञ्चार सम्पर्कमा पनि कठिनाई छ। खोटाङमा बिगत २४ घण्टायता निरन्तर वर्षा भईरहेको उनले बताए।  

छिमेकी जिल्ला पनि भएकाले यता उदयपुरमा भूकम्पको धक्का महसुस गरिएको छ। तर, क्षति भने कतै भएको जानकारी नआएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुबासचन्द्र बोहराले बिहान र वर्षा भईरहेकाले अधिकतम मान्छे घरमै रहेकाले धेरैले धक्का महसुस गरेको तर, क्षतिको जानकारी अहिलेसम्म नआएको बताए।  

प्रकाशित: १५ श्रावण २०७९ ०५:४१ आइतबार

खोटाङ केन्द्रबिन्दु भएर भूकम्प