१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

आज देशका विभिन्न स्थानमा बिहानैबाट वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०७९ ००:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App