१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

प्रादेशिक अस्पतालबाट निकालिएका करारका कर्मचारीद्वारा विरोध प्रदर्शन

प्रादेशिक अस्पताल जनकपुरले करारका कर्मचारीहरुलाई हाजिर हुनबाट रोक लगाएपछि उनीहरु आन्दोलित भएका छन्। सोमबारदेखि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पतालमा कार्यरत १ सय ३२ करार कर्मचारीलाई प्रतिष्ठानले हटाउने निर्णय गरेपछि उनीहरू आन्दोलनमा उत्रेको हो।

आफूहरूलाई कुनै जानकारी नगराई बिनाकारण हटाएर अन्याय गरेको भन्दै नियमित म्याद थप गराउन करारका कर्मचारी  आन्दोलनमा उत्रेको हो। हटाइएको करारका कर्मचारीहरुले अस्पताल प्रशासनले गरेको निर्णयमा आपत्ति जनाउँदै अस्पतालमा तालाबन्दी गर्न पुगेका थिए। प्रहरीले हस्तक्षेप गरेपछि उनीहरू अस्पतालको मुलगेटमै रोकिएको थियो।

नियमित म्याद थप र कर्मचारी व्यवस्थापन तथा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका छन्। प्रतिष्ठानले ०७७ कात्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभएसम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेको थियो।

सो अवधिमा भर्ना भएका करारका कर्मचारीलाई आइतबारदेखि हाजिरी तथा कामकाज नगर्न नगराउन भन्दै प्रतिष्ठानले एक सूचनामार्फत जानकारी गराएको थियो। कर्मचारीलाई कुनै जानकारी नगराए केही छलफल नै नगरी बिनाकारण हटाएको भन्दै आन्दोलनमा उत्रेका धिरज यादवले भने, 'हामीले कुनै गल्ती गरेका छौं भने त्यसको लागि पहिला स्पष्टीकरण सोध्नुभयो हुन्थ्यो, चित्त नबुझे हटाए हुन्थ्यो, तर कुनै सोधपुछ नै नगरी एकतर्फ पुरानो करारको कर्मचारीलाई हटाउन अर्कोतर्फ फेरि कर्मचारी भर्नाको आह्वान गर्ने यो त भएन।'

'अहिले अस्पतालमा जम्मा ४ सय करारका कर्मचारी छन्। जसमध्ये १ सय ३२ जनालाई मात्रै किन हटाउने? हटाउनु छ भने सबैकरारका कर्मचारीलाई हटाउनुपर्छ। लोकसेवाबाट पदपूर्ति गरोस् यादवले भने, 'अस्पतालको दोहोरो चरित्र देखिएको छ। एकतर्फ आइतबारदेखि १ सय ३२ जना करारका कर्मचारीलाई हटाएको छ। अर्को तर्फ आइतबार नै फेरि सोही संख्यामा सोही पदका कर्मचारी माग गरेका छन्। हटाउनु नै छ भने फेरि कर्मचारी भर्नाको सूचना किन निकाल्नु पर्‍यो यसबाट प्रष्ट हुन्छ की उनीहरूले आर्थिक गर्न खोजे हो।'

अस्पताल प्रशासन प्रमुख डा. कृष्ण देव दासले असार ३१ गते एक सूचना प्रकाशित गर्दै आइतबारदेखि १ सय ३२ जना करारका कर्मचारीलाई हटाएको जनाइएको थियो।

प्रकाशित: २ श्रावण २०७९ १३:३८ सोमबार

प्रादेशिक अस्पताल जनकपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत