१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाडीको ठक्करबाट युवकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गए राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिवन नगरपालिका–११ कडरिया चोकका २४ वर्षीय जयबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

उनका अनुसार ती युवकलाई नम्बर नखुलेको गाडीले गए राति ठक्कर दिएको थियो। घाइते युवकलाई तत्कालै नमूना अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न रहेको आशङ्कामा एउटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ असार २०७९ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App