६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ

धनुषाको सहिद नगरपालिकामा श्रीमतीकाे हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ परेका छन्। हत्या पश्चात् फरार भएका उनीहरू बिहीबार जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित इनर्वाबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सहिदनगर नगरपालिका ८ नाथपट्टीका छोरा रामचन्द्र मण्डल र बुवा सहदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

सहिदनगर नगरपालिका ८ स्थित घरमा सुतिरहेको अवस्थामा गत कार्तिक ३० गते ३५ वर्षीया गौरी देवी मण्डलको हत्या भएको थियो। आफ्नै घरमा सुतिरहेको अवस्थामा कुटपिट गरी घाँटी थिची हत्या गरेको भन्दै जिल्ला सिरहा गोलबजार नगरपालिका ५ की मृतककी आमा तेतरी देवी मण्डलले ईलाका प्रहरी कार्यालय यदुकोहामा जाहेरी दिएकी थिइन्।

घटनापछि फरार भएका उनीहरू भारतको लदनिया थाना (पञ्चायत) तेनुवाही गाउँमा लुकिछिपी बसिरहेका थिए। बिहीबार सहदेव मण्डल खत्वे र रामचन्द्र मण्डल खत्वे भारतबाट आएर नेपालमा आइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यलय यदुकुहा र जिल्ला प्रहरी कार्यलयको संयुक्त टोलीले पक्राउ गरेको धनुषा प्रहरी प्रवक्ता प्रदिप बहादुर क्षेत्रीले बताए।

पक्राउ परेका दुबै जनालाई धनुषा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा ५ दिनको म्याद थप गराई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० असार २०७९ ०५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App