७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बाघको आक्रमणबाट ४३ वर्षीय पुरुष घाइते

फाइल तस्बिर।

चितवनमा तरकारी टिप्न खेतमा गएका एक पुरुष माथि बाघले आक्रमण गरेर घाइते बनाएको छ। आज बिहान ६ बजे राप्ती-१ डिपार्टका ४३ वर्षीय ईन्द्र बहादुर थिङ (वाईबा) लाई तरकारी टिप्न खेतमा जाने क्रममा बाघले आक्रमण गरेको हो।

बाघको आक्रमण बाट उनी घाइते भएका छन्। उनको अनुहार र घाँटिमा चोट रहेको प्रहरीले जनाएको छ। उनी बोल्न सक्ने अवस्थामा छन्। अहिले उनको उपचारको लागि भरतपुर तर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

यस्तै बाघले आक्रमण गरी सोही ठाउँका सुक बहादुर थिङको एउटा भैंसी र सुकराम तामाङको दुईवटा वटा बंगुर मारेको उनले बताए। साथै १ गाई समेत घाइते बनाएको छ। 

प्रकाशित: २७ जेष्ठ २०७९ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App