संविधान सार्वजनिक भइरहेकेा अवसरमा मैनबत्ति बाल्ने तयारी पूरा भएको शान्ति समिति संयोजक गजेन्द्रबहादुर शाहीले बताए।
नेपालका ७५ जिल्लाको प्रतिकका रुपमा ७५ केजीको मैनबत्ति बालिन लागेकेा हो। मैनबत्ति बाल्ने कार्यक्रमसँगै बृहत दिपावलीसमेत गरिने भएको छ।
डडेल्धुराका तीन वटा राजनीतिक दलले पनि आजै साँझ सदरमुकामको बागबजारमा मैनबत्ति बालेर दिपावली मनाउने भएका छन्। यता युवा संघ नेपालका कार्यकर्ताले पनि डडेल्धुरा सदरमुकाम मुख्य बजार बागबजारमा ७ प्रदेशको संघीयतासहितको नक्सा बनाएर दिपावली गर्ने कार्यक्रम छ। युवा संघका कार्यकर्ताले मोटरसाइकल र्यादलीको समेत आयोजना गरेका छन्।
प्रकाशित: ३ आश्विन २०७२ ०१:०३ आइतबार