२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

कञ्चनजंघामा भेटिएका दुई मानव कंकाल सनाखतका लागि ताप्लेजुङ अस्पतालको शव गृहमा राखियो

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नेपाली सेनाले कञ्चनजंघा हिमाल सफाइ अभियानको क्रममा फेला पारी बुझाएको दुई थान मानव कंकाल(अस्थिपञ्चर) सनाखतका लागि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा सुरक्षित राखेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकृत तथा प्रवक्ता कुशराम कार्कीका अनुसार ति मानव कंकालको शव मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी सनाखतका लागि अस्पतालको शव गृहमा राखिएको हो। नेपाली सेनाले चलाएको सफा हिमाल अभियान अन्तर्गत कञ्चनजंघा आधार शिविरको मध्य भागको अलग अलग स्थानमा दुईवटा पहिचान नखुलेको मानव कंकाल फेला पारी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाइ बुझाएको थियो।

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाले कञ्चनजंघासहित ल्होत्से, सगरमाथा र मनास्लु गरी ४ वटा हिमालमा सफा हिमाल अभियान चलाएको थियो। सोही क्रममा कञ्चनजंघा हिमालबाट मात्रै २ मानव कंकालका साथ १५ हजार ३ सय ७३ किलोग्राम फोहोर संकलन भएको थियो।

प्रकाशित: १६ जेष्ठ २०७९ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App