४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मौसम यकिन गरेपछि मात्र घिमिरेले जहाज उडाएका थिए (अपडेट)

सम्पर्कविहीन भएको तारा एयरको जहाजका क्याप्टेन प्रभाकर घिमिरेले मौसम ठिक रहेको यकिन गरेर मात्र आइतबारको उडान भरेका थिए। आइतबार ताराको यो जहाजको जोमसोमका लागि पहिलो उडान थियो।  

एक निजी हवाई कम्पनिका पोखरास्थित स्टेशन म्यानेजरका अनुसार आइतबार समिटका दुइ जहाजले १० र ताराको यो जहाजले पाँचवटा उडान गर्ने तयारी थियो। पोखरा र जोमसोम विमानस्थलको बिहानको मौसम राम्रो नभएपछि उडान ढिला भएको थियो।  

मौसममा सुधार आएपछि समिटको पहिलो जहाज जोमसोम पुगेपछि मात्र समिटकै दोश्रो जहाजले र ताराको यो जहाजले उडान तयारी थालेका थिए। ‘समिटको जहाज जोमसोम पुगेपछि मौसम राम्रो भएको यकिन गरेर मात्र अरु उडान भएका हुन्,’ ती म्यानेजरले भने।  

हराईरहेको ताराको जहाजका क्याप्टेन घिमिरे हवाई रुटको मौसमबारे निकै नै सचेत हुन्थे। ‘मौसमी सुरक्षामा निकै नै चनाखो क्याप्टेन हुन्। अरु कुरामा उनले ‘कम्प्रोमाइज’ गरेपनि मौसमबारे गर्दैनथे, बरु बीचबाटै जहाज फिर्ता ल्याउँथे,’ उनले भने, ‘मौसम राम्रो छ भनेर यकिन गरेर मात्र उड्ने पाइलट हुन्। अरुजस्तो हेलचेक्रयाँइ उनले कहिल्यै गर्दैनथे।’

प्रकाशित: १५ जेष्ठ २०७९ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App