१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढीपीडितलाई 'लौन केही गरौं'को सहयोग

भोजपुर– बाढीपहिरोबाट पीडित बनेका भोजपुरको विभिन्न ठाउँका पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ। 'लौन केही गरौं' अभियानले दोभानेका बाढीपीडित र साङपाङका पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको हो।
nagad_sahayog.jpg

अभियानले दोभाने गाविस–८ फेदीकी भगत कुमारी राईलाई तीन हजार तीन सय ३३, जन्तुमाया राईलाई तीन हजार तीन सय ३३ र उत्तर कुमार राईलाई तीन हजार तीन सय ३४ रुपैयाँ सहयोग गरेको हो ।

गत भदौ १५ गतेको बाढी पहिरोले उनिहरुको घर बगाएको थियो । उत्तरकुमार राईको नेपाली हाते कागज उत्पादन गर्ने घरेलु उद्योग नै बगाएको थियो । उनीहरुलाई झापा, दमक १० घर भई हाल बेलायतमा रहेका सुस्मा काङमाङ र शिव राईले १० रुपैयाँ हजार सहयोग पठाएका थिए । उक्त रकमबाट तीन परिवारलाई आर्थिक सहयोग गरिएको 'लौ न केही गरौं' अभियानका अभियान्ता अजम्बर राई काङमाङले बताए ।

त्यस्तै भदौ १९ गतेको पहिरोमा मृत्यु र घाइते भएका परिवारलाई पनि अभियानले आर्थिक सहयोग गरेको छ । पहिरोमा परी साङपाङ गाविस–४ सत्तल माझकुवाकी मीलन राईको मृत्यु भएको थियो भने उनका श्रीमान नारायण राई गम्भिर घाइते भएका थिए । अभियानले उनिहरुको परिवारलाई पाँच हजार नगद आर्थिक सहयोग गरेको छ । घाइते राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पहिरोमा परी उनको देब्रे खुट्टा भाँचिएको थियो ।

यो परिवारलाई नागी–४ घर भई बेलायत सेनामा कार्यरत नरेश राई र सीमा राईले पठाएको रकमबाट आर्थिक सहयोग गरिएको अभियान्ता काङमाङले जानकारी दिए ।

प्रकाशित: २५ भाद्र २०७२ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App