प्रहरीको कुटाइबाट गम्भिर घाइते भएका राइको जिल्लामा उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार शुरु भएको छ। गम्भिर घाइते बनेका राईको शरिरभरी निलडाम र चोट छ भने कम्मर मुनीको भाग अझै चल्न नसकेको आफन्तले बताएका छन्। परिवारले घटनामा संलग्न प्रहरीलाई कडा कारबाहीको माग राखेका छन्। राईलाई रानीबास–३ का गंगाराम राई, सानीमाया राई, कौशिला राई, सर्मिला राई, प्रमिला राईले संयुक्त रुपमा उजुरी दिएको आधारमा प्रहरीले पक्राउ गरेको थियो।
पीडित राईले श्रीमति मनमाया राईमार्फत केहीवर्षअघि विदेश जानको लागि छिमेकी देशबहादुर राईको श्रीमति सुमित्रा राईसित १७ हजार दुई सय रुपैंयाँ ऋण सापटी लिएका थिए। सोही ऋण समयमा तिर्न नसकेपछि सुमित्रा राईको छोरीहरु सर्मिला राई, कौशिला र प्रमिला राईले उक्त लेनदेनमा साक्षी बसेका गंगाराम राई र उनको श्रीमति सानीमाया राई समेतले प्रहरीलाई उजुरी दिएका थिए। घटनाबारे इलाका प्रहरी कार्यालय घोरेटारका प्रहरी निरिक्षक चिरन्जिवि दाहालले गल्ति भएको स्विकार गरिसकेका छन्। प्रहरीले ठगी, लुटपात, चोरी डकैती सम्बन्धि मुद्धा मात्रै अनुसन्धान गर्छ, व्यक्तिगत लेनदेनको मुद्धा हेर्देन डिएसपी लम्साल भन्छन्, घटनामा संलग्न प्रहरीलाई कारबाही हुन्छ।
प्रकाशित: ४ भाद्र २०७२ ०७:०५ शुक्रबार