१६ चैत्र २०८० शुक्रबार
समाज

कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।

बुधबार राति साढे १० बजेतिर कानेपोखरी–२ दलेली बजार नजिकै २ समूहबीच झडप भएको प्रहरीले जनाएको छ। मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिकको विपन्न बस्ती पुगेका दुवै समूहबीच जम्काभेट हुँदा झडप भएको हो।

इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दुवै समूहले निर्वाचन आचारसंहिता र मौन अवधिको उल्लंघन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। 

प्रकाशित: २९ वैशाख २०७९ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App