२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

बर्दियामा चित्तलको मासुसहित तीनजना पक्राउ

बर्दियामा चित्तलको मासुसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चित्तलको शिकार गरी मासु भागबण्डा गरिरहेको अवस्थामा शनिबार बिहान प्रहरीले मासुसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। चित्तलको शिकार गरी काटेको स्थानबाट प्रहरी र वनको संयुक्त टोलीले ५० किलोग्राम मासुसहित तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

बाँसगढी नगरपालिका–३ गौरीचोक बस्ने प्रेमबहादुर बिष्ट, भद्द थारु र शिवप्रसाद थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोली र सव डिभिजन वन कार्यालय बाँसगढीबाट खटिएको टोलीले चित्तलको शिकार गरी बाँसगढी नगरपालिका–३ स्थित मासु भागबण्डा गरिरहेको अवस्थामा तीनै जना पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुलाई कारबाहीको लागि सब डिभिजन वन कार्यालय बाँसगढीमा बुझाएको जिल्लाप्रहरी कार्यालय बर्दियाका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

प्रकाशित: १७ वैशाख २०७९ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App