१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङ्ले भोजपुरमा दुई जनाको मृत्यु

भोजपुर–मंगलबार राति चट्याङले भोजपुरमा दुई जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै परेको चट्याङले राति आठ बजे थिदिंखा गाविस– ४ का १६ वर्षीय शेरबहादुर थापा र षडानन्द नगरपालिका ९ खार्ताम्छाका १२ वर्षीय डोरप्रसाद गौतमको मृत्यु भएको हो।उनिहरु दुवैको सुतिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले मृतक थापाकी ४८ वर्षीया आमा कृष्णमाया थापासमेत घाइते भएकी छिन्। थापाको शव पोष्टमार्टमका लागि भोजपुर जिल्ला अस्पताल र गौतमको शव खाँदबारी लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रकाशित: १६ असार २०७२ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App