समाजका सल्लाहकार मोति भण्डारीले बालिकाकी संरक्षक चमेली नेपालीलाई सहयोग हस्तान्तरण गरेका हुन्। बाबुआमा दुवैद्वारा छोडिएकी बलात्कृत बालिकालाई नेपालीले पाल्दै आएकी छन् । बाबु रोजगारीका लागि भारत गएका समयमा बालिका जन्मेपछि बाबुले अस्वीकार गरेका थिए। बाबुले बालिका अस्वीकार गरेपछि आमाले पनि छोडेर हिँडकी थिइन्। अहिले बालिकाको अवस्था सामान्य रहेपनि बेलाबेलामा झस्कने तथा चिच्याउने गरेको संरक्षक नेपालीले बताइन्।
माईलाई जिल्ला अदालत गुल्मीले १२ बर्षको कैद फैसला गरिसकेको श्रेस्तेदार श्याम बिरही मौर्यले बताए। यो जिल्लाकै सबैभन्दा दर्दनाक बलत्कारको घटना भएको जिल्ला प्रहरी कार्यालयको रेकर्डले देखाउँछ। उनलाई तत्कालीन समय थप उपचारका लागि स्थानीय आशा अपाङ केन्द्रबाटचार हजार रुपैँया, महिला तथा बालबालिका कार्यालयबाट चार हजार रुपैँया, तत्कालीन तम्घास गाविस र जिल्ला अस्पतालबाट २ हजार रुपैंया संकलन गरी पाल्पा पठाइएको थियो।
प्रकाशित: २८ जेष्ठ २०७२ ०६:१३ बिहीबार