४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आजको मौसमः पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान देशको पहाडी भू-भागमा आंशिक बदली छ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ। बिहीबार देशका पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: ९ चैत्र २०७८ ०२:४७ बुधबार

सुदूरपश्चिम प्रदेश मौसम पूर्वानुमान महाशाखा