९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरमा नयाँ पर्यटक सूचना तथा सेवा केन्द्र स्थापना

भक्तपुरको ब्यासीमा नयाँ पर्यटक सूचना तथा सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ। पर्यटन उद्योग तथा व्यवसाय प्रवर्द्धन एवं पर्यटकलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन भक्तपुर नगरपालिकाले सेवा केन्द्र सञ्चालनमा ल्याएको हो। नयाँ सूचना केन्द्र नगरपालिकाको कार्यालय ब्यासीसँंगै महालक्ष्मी जाने बाटोमा छ।

हाल नगरपालिकाका सूचना केन्द्र खौमामा छ। साथसाथै अहिले दतात्रयमा पनि केन्द्र सञ्चालनमा ल्याइसकेको छ तर उद्घाटन हुन भने बाँकी छ। यस हिसावले सञ्चालनमा ल्याइएको नयाँं सूचना केन्द्र सञ्चालनको हिसावले तेस्रो हो भने उदघाटनका हिसावले दोस्रो हो।

भक्तपुर नगरपालिकाले पर्यटकहरूको सूचनामा सहजताका लागि यसरी अहिलेसम्म तीन वटा सूचना केन्द्र स्थापना गरी सूचना दिइरहेको छ। यसका साथै भक्तपुर नगर प्रवेश गर्ने १४ वटा नाकामा पनि नगरबारे लेखिएका ब्रोसरहरू उपलब्ध गराई सूचनामा सहयोग गर्दै आएको छ।

सूचना केन्द्रको शुक्रबार एक कार्यक्रम गरी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले गरेका हुन्। नयाँ सूचना केन्द्र भक्तपुर नगरपालिका वडा नं. २ ब्यासीस्थित भक्तपुर नगरपालिकाको भवनसँगै छ। सोही क्रममा अध्यक्ष बिजुक्छेले सूचना केन्द्रको भवनमा राखिएको डिजिटल बोर्ड र नपाको समेत वेभसाइट सुरु गरेको छ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक र पर्यटकीय हिसाबले भक्तपुर महत्वपूर्ण ठाउँ भएको बताउँदै नपाले यहाँको मौलिक शैली र प्रविधिलाई जोगाइराख्ने विविध गतिविधि गर्दै आएको बताए।

प्रकाशित: ५ चैत्र २०७८ ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App