१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु

तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरीको आज दिउँसो उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो।

यसैगरी जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले मापसे गरेर सवारी साधन चलाउने मोटरसाइकल, सिटी, अटो, कार, ट्र्याक्टरसहित ४१३ वटा सवारी साधनलाई आज कारवाही गरेको बताए। यस्तै मापसे सेवन गरी होहल्ला गरी हिँड्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: ४ चैत्र २०७८ १४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App