९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

झ्याकुमा ट्र्याक्टर दुर्घटनाः एकको मृत्यु चार घाइते

दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

गैरीशङ्कर गाउँपालिका–४ झ्याकु गोर्पाङमा ना६त २७७५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा झ्याकु निवासी ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

दुर्घटनामा परी सोही वडा निवासी १५ वर्षीय ङाङ्छुङ शेर्पा, २१ वर्षीय आङ्फुर्वा शेर्पा, ५० वर्षीय पछिरी शेर्पा, १७ वर्षीय र आङ्टोपे शेर्पा घाइते भएको दोलखा प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए। घाइतेमध्ये १५ वर्षीय ङाङ्छुङ शेर्पाको निधारमा चोट लागेको कारण सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ भने अन्य बिरामीको सिंगटी अस्पतालमा उपचार भइरहेको छ। 

गाउँपालिका वडा नं ४ गोर्पाङबाट ढुङ्गा लिएर झ्याकु जाँदै गरेको ट्र्याक्टर अनियन्त्रित भई करिब २०० मिटर सडकबाट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना कसरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २६ फाल्गुन २०७८ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App